March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गराउने निर्णय भएको छ। त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी संचालन गर्नुपर्ने मापदण्ड तोकिएको छ। जथाभावी समानहरु छुन पनि रोक लगाउन निर्देशन दिएको छ। त्यस्तै, पार्टी प्यालेसमा कूल क्षमता एक तिहाई मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी संचालन गर्न दिने निर्णय भएको छ।

जारी खेलकुदमा पनि मन्त्रिपरिषद बैठकका निर‍्णयले प्रभाव पार्ने भएको छ। कुनै पनि प्रतियोगितामा कूल क्षमताको एक तिहाई मात्र दर्शकले प्रतियोगिता हेर्न पाउने छन्। खेल आयोजकको खर्चमा उपस्थित दर्शक मध्ये र्‍यान्डमली छनोट गरेर एक तिहाईको एन्टिजेन परीक्षण गर्नपर्ने पनि निर्णय गरिएको छ। बिवाह, ब्रतबन्ध लगायतका कार्यक्रमका लागि पनि सीडीओबाट स्वीकृति लिनुपर्ने र ५० जनाभन्दा कम मात्र उपस्थित हुन पाउने व्यवस्था लागू गरिएको छ।

Advertisement