January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

लागुऔषध प्रयोग गर्नेको संख्या प्रतिदिन बढ्दो

लागुऔषध प्रयोग गर्नेको संख्या प्रतिदिन बढ्दो

माघ १२, काठमाडौं ।
लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या विश्वकै लागि चुनौतीपूर्ण भएको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको छ । नेपालमा पनि यस्को कारोवार प्रतिदिन बढदो छ ।
गत तीन वर्षमा बरामद गरिएका विभिन्न प्रकारका लागु पदार्थहरूको परिणाम लगातार रुपमा बृद्धि हुँदै आएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार सन् २०१७ मा ३ हजार ९ सय ४१ जना लागु पदार्थ कारोबार तथा दुब्र्यसनमा पक्राउ परेका थिए । सन् २०१८ मा उक्त सङ्ख्या ४ हजार ८ सय ९८ पुगेको थियो । गत वर्ष सन् २०१९ मा पक्राउ परेका ५ हजार ६ सय ७ जनामा २ सय ६ जना विदेशी नागरिक छन् ।
ब्यूरोका अनुसार सन् २०१९ मा साढे १० हजार केजी गाँजा, २ हजार ६ सय केजी चरेस, करिब साढे ९ केजी हिरोइन, १२ केजी कोकेनलगायत लागु पदार्थ बरामद भएको छ ।
त्यसको अघिल्लो वर्ष ४ हजार केजी गाँजा, एक हजार ५ सय केजी चरेस, ८ केजी हिरोइन, २ केजी कोकेनलगायत लागु पदार्थ बरामद भएको थियो । अहिले ब्राउन सुगर, गाँजा जस्ता वस्तुको कारोबार ह्वात्तै बढेको देखिन्छ ।
ब्राउन सुगर र गाँजाको बरामद परिणामका आधारमा त्यस्ता प्रकारका वस्तुहरूको सेवनकर्ता ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ ।
नेपाल प्रहरीका अनुसार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टाबाट सबैभन्दा बढी लागुऔषध भित्रने गरेको छ ।
लागु पदार्थ दुर्वयसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागु पदार्थ दुर्वयसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।

Advertisement