कोरोना संक्रमणदर बढ्न सक्ने , स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले गर्यो आग्रह
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणदर बढ्न सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण हुने दर बढ्न थालेपछि स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर उच्च रहेको बेला नेपालीले सतर्कता अपनाउन जूरुरी रहेको बताए । छिमेकी देश भएकोले कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह पनि गरेका छन् ।साथै, उनले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए । कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको छ ।कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नु पर्ने आवश्यक रहेको उनले बताए
सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले बेला कोरोना सङ्क्रमण दर बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन जरुरी रहेको बताए । उनले यस विषयमा निर्वाचन आयोगसँग पनि छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्