May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ३ हजार ९४ जनामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

 

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement