हेर्नुहोस् यस्तो छ चिनबाट ल्याइने विद्यार्थीका लागि सरकारको अन्तिम तयारी
०१ फागुन, २०७६, काठमाण्डौ ।
हाल चीनमा महामारीको रुप लिएको नोबेल कोरोनो भाइरसको संक्रमणबाट चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन सरकारले शनिबार नेपाल वायुसेवा निगमको जहाज चीन पठाउने भएको छ । चालक दलका सदस्य र ४ स्वास्थ्यकर्मीसहित १९ जनाको टोली शनिबार दिउँसो २ः४५ बजे जाने नेपाल वायु सेवा निगमले जनाएको छ ।
चीनबाट फर्काएर ल्याइने नेपालीको वुहान र काठमाडौँ दुवै स्थानमा स्वास्थ्य परीक्षण हुनेछ । संक्रमणको लक्षण देखिए उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिनेछ भने कुनै लक्षण नभए दुई साताको क्वारेन्टाइनमा पठाइनेछ।
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धारको पूर्वतयारी गरिसकिएको छ । चीनमा रहेका नेपालीलाई उद्धार, स्वास्थ्य जाँच र निगरानीका लागि सेना, सशस्त्र प्रहरी, स्वास्थ्य, पाइलट, चालक दलका सदस्य, विमानस्थलका कर्मचारी गरी सयभन्दा बढीलाई तालिम दिइएको छ। तालिमप्राप्त व्यक्ति उद्धारदेखि क्वारेन्टाइनमा खटिनेछ ।
के हो क्वारेनटाइन ?
क्वारेन्टाइनमा स्वस्थ मानिसलाई राखिन्छ । क्वारेनटाइनमा सरुवा रोग नियन्त्रण गर्नको लागी स्वस्थ मानिसलार्ई सम्भावित संक्रमणबाट सचेत हुन निगरानी गर्ने गरिन्छ । क्वारेन्टाइनको समयमा स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिसँग मास्कको प्रयोगविना सम्पर्कमा आउन नदिने व्यवस्था मिलाइने छ ।
विद्यार्थी पहिचान गर्न सिम्बोल नम्बर
चीनबाट उद्धार गरी ल्याइने नेपालीको पहिचान नखुलाइकन दूतावासमा आवेदन दिएका विद्यार्थीको सिम्बोल नम्बर परराष्ट्र मन्त्रालयसँग माग गरि त्यहीअनुसारै सबै काम हुने भएको छ ।
चिनबाट फर्काइएका विद्याथीलाइ सरकारको व्यवस्था
भाइरस फैलिएको चीनको वुहान, हुवेईलगायत क्षेत्रमा रहेका १ सय ८० जना नेपाली विद्यार्थीले क्वारेन्टाइनमा बस्ने सर्तसहितको निवेदन दूतावासमा बुझाएका थिए । जसअनुसार सरकारले चीनबाट ल्याइने संक्रमित नदेखिएका विद्यार्थीलाइ तोकिएको क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको छ ।
विद्यार्थीलाई शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्य्विनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थानमा १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरू तयार गरिएको छ ।
स्वदेश ल्याइने नेपालीमा भाइरसको लक्षण देखिए विमानस्थलबाट सीधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिने छ भने भाइरसको लक्षण नदेखिएका विद्यार्थीलाई १४ दिनसम्म क्वारेन्टाइनमै राखिने छ ।
क्वारेन्टाइन वरिपरिका स्थानियलाइ प्रभाब
नेपालमा कोरोना भाइरस संक्रमण हुन सक्ने जोखिमलाई ध्यान दिई क्वारेन्टाइनमा रहँदासम्म विद्यार्थीको नियमित रूपमा आवश्यक सबै किसिमका स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको हुँदा क्वारेन्टाइन वरिपरि संक्रमण हुने सम्भावना नरहने भएको छ ।
स्वास्थ्य जाँच तथा आफन्त भेट
विद्यार्थीको स्वास्थ्य जाँच र निगरानीका लागि चिकित्सक टोली क्याम्पभित्र रहनेछ । भित्रको डाक्टरलाई संक्रमण भए त्यसको ब्याकअपमा अर्को डाक्टर हुनेछ । क्वारेन्टाइनको समयमा स्वास्थ्यकर्मीको सुविधासहित व्यक्तीलाई सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिसँग मास्कको प्रयोगविना सम्पर्कमा आउन नदिने व्यवस्था मिलाइने छ । त्यस्तै परिवारका सदस्य भेट्न जानेका लागि सूचना सम्प्रेषण गर्न निश्चित दूरीमा व्यवस्था गरिने भएको छ ।
प्रतिकृया दिनुहोस्