February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

सामान्य रुघाखोकीमै अस्पतालमाः रुघाखोकीको आधारमा कोरोनाको आशंका नगर्न चिकित्सकको आग्रह

सामान्य रुघाखोकीमै अस्पतालमाः रुघाखोकीको आधारमा कोरोनाको आशंका नगर्न चिकित्सकको आग्रह

०१ फागुन, २०७६, काठमाण्डौ ।
अहिले जाडोयाम सकिएर गर्मियाम सुरु हुदैछ । यस्तोबेलामा रुघाखोकी र भाइरल ज्वरोको संक्रमण बढ्ने गर्छ । अहिले कतिपय रुघाखोकी भाइरल ज्वरोको समस्या झेलिरहेका छन् । जाडो मौसम तथा मौसम परिवर्तन हुने वेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकी सहितको ज्वरो बाट प्रभावित बिरामीको संख्या धेरै हुने गर्छ ।
हालै, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले कोरोना भाइरसको शंका लागेको भन्दै चिकित्सक सहितको टोली पठाइदिन स्वास्थ्य मन्त्रालयलाई मंगलबार पत्र नै पठायो । मन्त्रालयले पठाएको स्वास्थ्यकर्मीको टोलीले प्रारम्भिक अनुसन्धानबाट सो रोग कोरोना भाइरस नभएर रुघाखोकी र भाइरल ज्वरो रहेको बतायो । त्यहाँका बिरामीको रगत तथा खकारको नमुनाको थप परीक्षण भने हुनेछ ।
सरकारले भोली चिनबाट नेपाली विद्यार्थी नेपाल ल्याउदैछ । त्यसको लागी सरकारले तयारी पुरा भएको बताइरहदा मानिसहरु भने सामान्य रुघाखोकी लाग्दा समेत आत्तिएर अस्पताल पुग्ने गरेका छन् । रुघाखोकी आधारमा कोरोनाको आशंका गर्दा जनजीवन झन त्रसित बन्ने भएकोले अनावश्यक शंका नगर्न चिकित्सकले आग्रह गरेका छन् ।
अहिलेसम्म चीनबाट कोरोना संक्रमित व्यक्तिहरु नेपाल नआएकोले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको मन्त्रालयको भनाइ छ । फर्किएकाहरुमा रुघाखोकी, ज्वरो लगायतका लक्षण देखापरेमा समेत उनीहरुलाई कोरोना भए नभएको परीक्षण र थप उपचारको व्यवस्था सरकारले मिलाएको छ। त्यसैले सतर्कता अपनाउनुपर्ने तर त्रसित हुन नपर्ने चिकित्सकहरूले बताएका छन् ।

Advertisement