डेगु संक्रमणबाट एकको मृत्यु
- वाणिज्य न्युज
- २४ असार २०७९
डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका ५ की सीतादेवी न्यौपानेको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारका क्रममा ५६ बर्षीया न्यौपानेको आज मृत्यु भएको डा पंकज गुप्ताले बताए । उच्च ज्वरो, रुघाखोकीसमेतको लक्षण देखिएको उनको उपचारमा ढिलाई हुँदा ज्यान गएको अस्पतालले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । खाँदबारी ल्याइएपछि परिक्षण गर्दा उनलाई डेंगु पुष्टि भएको थियो ।
-
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
१३ मंसिर २०८१ -
शेयर बजार २७१६.६६ अंकमा, नेपाल फाइनान्सको उच्च कारोबार
११ मंसिर २०८१
प्रतिकृया दिनुहोस्