नियमित सेक्स गरे भाग्छन् यी रोग
०५ फागुन, काठमाण्डौ ।
सेक्स हरेक प्राणीको लागि जीवनको अभिन्न पाटो हो । नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण पाटो हो । यो आनन्दका लागि मात्र नभई आफ्ना आगामी पिढी संचालनका लागि समेत उत्तिनै आवश्यक छ।
अध्ययनहरुले भन्छ, यौनसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । केहि समयअघि गरिएको सर्वेक्षणमा यो कुरा पत्ता लागेको छ की सेक्स अर्थात् यौनक्रियाले शरिरमा संक्रमण फैलिन दिदैन । सर्वेक्षणका अनुसार नियमित सेक्सले हर्टअट्याक अर्थात हृदयघात र स्ट्रोकको सम्भावनालाई ५० प्रतिशतले कम गर्छ ।
थाहा पाऔ सेक्सले के के रोगमा फाइदा पुर्याउछ?
टाउको दुख्ने
नेशनल सर्वे अफ सेक्सुअल इन्स्टिच्युट एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।
महिलाहरुको ब्लाडर कन्ट्रोल गर्नमा मद्दत
सेक्स महिलाहरुका लागि कतिपय अवस्थामा एकदमै फाइदाजनक हुन्छ । यसका अतिरिक्त ब्लाडर कन्ट्रोल अर्थात मूत्राशय नियन्त्रणको क्षमता बढाउँछ । सेक्सले महिलाहरुको मांसपेशीहरु मजबुद बनाउछ ।
मोटोपन हुनबाट जोगाउँछ
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।
हर्ट अट्याकको खतरा कम गर्छ
सेक्स तपाईको मुटुको लागि महत्वपूर्ण छ । सेक्स गरिरहदा हर्ट अट्याकको खतरा कम हुन्छ । नियमित सेक्सले हर्ट अट्याक र स्ट्रोकको सम्भावनालाई ५० प्रतिशतले कम गर्छ ।
ब्लड प्रेशर कन्ट्रोल गर्छ
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने सोधको दावी छ । एजेन्सी
प्रतिकृया दिनुहोस्