चिनबाट भागेर आएका नेपालीमा कोरोनाको आशंका, भयो उपचारमा समस्या
फागुन १९, काठमाडौं ।
कामका लागि उत्तरी नाकापार ताक्लाकोट गएका एक नेपाली युवक त्यहाँबाट भागेर आउदै गर्दा नाम्खा गाउँपालिकाको तुम्कोट नजिकै मुचु प्रहरी चौकीले उनलाई नियन्त्रणमा लिएको छ । ति भागेर आएका युवामा कोरोनाको आशंका गरिएको छ । हिउँले खुट्टा खाएर हिड्न नसक्ने अवस्थाका रहेका उनलाइ अहिले प्रहरीको प्रत्यक्ष निगरानीमा मुचु प्रहरी चौकीमा राखिएको छ ।
ताक्लाकोटबाट चिनिया प्रहरीले ती युवकलाई खोज्न हिल्सासम्म आएको भए पनि नपाएपछि फिर्ता गएको थियो ।
चीनबाट भागेर आएको भएकाले ती युवकलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंका गर्दै स्थानीयले स्वास्थ्य चौकीमा उपचार गर्न नदिएपछि उनको उपचारमा समस्या भएको हो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्न नदिएपछि प्रहरीको निगरानीमा नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को मुचु क्षेत्रको बाटोमा विनाउपकरण उपचार भइरहेको छ ।
उनको उपचारमा समस्या आएकाले ति व्यक्तीका आफन्तले थप उपचारको व्यवस्थाका लागि स्थानीय प्रहरी प्रशासन मार्फत गृहमन्त्रालयलाई अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्