विदेश जाने र फर्कने नेपालीलाई कडाइ, होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम
२३ फागुन, काठमाडौँ ।
विदेश जाने तथा फर्कने नेपालीलाई अब सरकारले कडा निगरानीमा राख्ने भएको छ । विषेश गरि दक्षिण कोरिया, चिन जापान लगायत कोरोना भाइरस संक्रमित देशबाट आउने–जाने नेपाली लाई सरकारले कडा निगरानीमा राख्ने भएको हो । उक्त निर्णय बाट दक्षिण कोरिया , जापान तथा खाडी मुलुक बाट फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।
कोरोना भाइरसको रोकथाम, नियन्त्रण गर्न विश्वकै टाउको दुखाई भइरहेका बेला सरकारले कोरिया, जापान, चिन लगायत केही देशबाट नेपाल आउने नेपाली लाई समेत होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएको छ । अब कोरोना प्रभावित र यसको उच्च जोखिममा रहेका मुलुकबाट बाट एवम तेस्रो देश बाट ती मुलुक हुँदै आउने नेपालीहरुले ४ दिन अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने छ । यो सँगै त्यसरी आउने नेपाली तथा विदेशीले नेपालको अध्यागमन विन्दुमा अनिवार्य रुपमा संक्रमित नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेश गर्नुपर्ने नियम पनि बनाएको छ ।
कोरोना भाइरसबाट बढी प्रभावित चीन, दक्षिण कोरिया, इरान, इटली तथा जापानका नागरिकहरु एवम् ती मुलुकको ट्रान्जिट भएर नेपाल आउने नेपाली तथा विदेशीले नेपालको अध्यागमन विन्दुमा अनिवार्य रुपमा संक्रमित नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेश गर्नुपर्ने छ ।
नेपालमा गत माघ ९ गते चीनको सबैभन्दा बढी सङ्क्रमण फैलिएको उहान प्रान्तबाट आएका एक जनामा सङ्क्रमण देखिएको थियो । उनी अहिले कोरोनामुक्त रहेको र त्यसपछि अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनासँग सम्बन्धित काममा बढी ध्यान दिनसमेत बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारले यसअघि नै धेरै सङ्ख्यामा उपस्थित भएर गरिने कार्यक्रम नगर्न भनिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।
चीनबाट सङ्क्रमण फैलिएको कोरोना भाइरसबाट विश्वका कुनै पनि मुलुक सुरक्षित नभएको विश्व स्वास्थ्य सङ्गठनले बताइसकेको छ । सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेको छ ।
प्रतिकृया दिनुहोस्