January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुन सक्ने, बालुवाटारमा छुट्टै कक्ष बनाइयो

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुन सक्ने, बालुवाटारमा छुट्टै कक्ष बनाइयो

२८ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट आजै डिस्चार्ज हुने सम्भावना रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
ओलीलाई आज साँझसम्म डिस्चार्ज गर्ने सम्भावना भए पनि उनलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइसोलेसनमा राखिनेछ । त्यसका लागि बालुवाटारमा छुट्टै कक्ष पनि बनाइएको छ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न एक चिकित्सकले बताए अनुसार प्रधानमन्त्री ओलीका मंगलबार साँझसम्मका सबै स्वास्थ्य रिपोर्टहरू सामान्य आएकाले उनलाई बुधबार डिस्चार्ज गर्न कुनै समस्या छैन ।
प्रधानमन्त्री ओलीको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। भान्जी नाता पर्ने समीक्षा संग्रौलाले ओलीलाई मिर्गौला दान गरेकी थिइन्। उनलाई पनि प्रधानमन्त्री ओलीसँगै डिस्चार्ज गर्ने तयारी छ।

Advertisement