शुक्रराज ट्रपिकलमा विरामीको घुइँचो अत्याधिक बढ्दो
फागुन २९, काठमाडौं ।
काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय बिरामी चाप ह्वात्तै बढेको छ । मौसमी रुघाखोकीले बिरामी भएका व्यक्ति पनि कोरोना भाइरसको संक्रमण भएको आशंकामा हतारमा अस्पताल भर्ना हुने प्रबृद्धि बढ्दै जाँदा अस्पतालमा भिड बढेको हो ।
अहिले चीन लगायत दक्षिण कोरिया, खाडी लगायत मूलुकबाट आउने व्यक्तिको पनि स्वास्थ्य परीक्षण अनिवार्य गरेपछि विदेशबाट आएका कोरोना शंकास्पद बिरामीको संख्या पनि बढेको छ । उनीहरु पनि शंका लाग्नै वित्तीकै अस्पताल जाने गरेका छन् । अहिलेसम्म आइसोलेशनमा बसेका ४० जनामध्ये एकजनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएको व्यक्तिको पनि स्वास्थ्य अवस्था सुधारिए हुँदै गएको छ ।
प्रतिकृया दिनुहोस्