कोरोना भाइरसको संक्रमणको आशंकामा ६ जना आइसोलेसनमा, उपचार हुँदै
२९ फागुन, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ६ जनालाई कोरोना आशंका गरिएको र उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा उपचार सुरु गरिएको जानकारी दिएका हुन् ।
चीनबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण हालसम्म विश्वका १ सय १८ वटा मुलुकमा फैलि सकेको छ । भाइरसका कारण अहिलेसम्म १ लाख १८ हजार नागरिक विश्भर संक्रमित भएका छन् भने ४ हजार २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिकृया दिनुहोस्