January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

घरेलु मदिरा सेवन गर्दा एकै गाउँका ५ जनाको मृत्यु, ३ सिकिस्त बिरामी

३० फागुन, काठमाडौं ।
घरेलु मदिरा सेवन गरेका ५ जनाको धनुषामा ज्यान गएको छ भने ३ जना सिकिस्त बिरामी परेका छन् । उनिहरु एकै गाउँका वासिन्दा रहेको खुल्न आएको छ । उनिहरुले होली पर्वको अवसरमा रमाइलोको नाममा अत्याधिक मदिरा सेवन गरेका थिए ।
मदिरा पिउँदा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ६ जनाको मृत्यु भएको हो।
मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले बताएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा छन् ।
सिकिस्त बिरामी परेको स्थानीय सत्रुधन मण्डल र राम इश्वर महराको जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ। अर्का सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।
मदिरा सेवनबाट एकै गाउँका ५ जनाको मृत्यु भएपछि रमदैया गाउँ शोकमा डुबेको छ।

Advertisement