January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई निवासमा नै विशेष निगरानीमा राखिने

फागुन ३०, काठमाडौं ।
दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली आज घर फर्किएका छन् । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाईंपछि आज डिस्चार्ज भएका हुन् ।
मिर्गौला प्रत्यारोपणका बिरामीलाई सामान्यतया ५ दिन अस्पताल राख्ने गरिएपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएकोले परिवारको अनुरोधमा थप ५ दिन अस्पताल राखिएको हो । आज बिहान गरिएका सम्पूर्ण परीक्षणहरु सकारात्मक आएपछि उपचारमा सम्लग्न डाक्टरको समुहले डिस्चार्ज गर्ने निर्णय गरेको थियो । ओलीलाई थप केही दिन बिशेष निगरानी निवासमै उपचार गरिने भएको छ ।
चिकित्सकहरु अनुसार प्रधानमन्त्री ओली पूर्ववत रुपमा सक्रिय जीवनमा फर्कन कम्तीमा ६ महिना लाग्ने छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संर्गौलाको भने अस्ति बुधबार नै डिस्चार्ज भइसकेको छ ।

Advertisement