सरकारले पठायो भक्तपुरवासीलाई निमन्त्रणा पत्र
०१ चैत, काठमाडौं ।
हामी सबैलाई थाहा भएकै विषय हो यदि कहिँ, कतै कसैको विवाह, पास्नी, व्रतबन्ध जस्ता शुभ कार्य हुदाँ निमन्त्रणा पत्र पठाउने गरिन्छ ।तर, भक्तपुरमा भने स्वास्थ्य सेविका नै घरघरमा निमन्त्रणा पत्र बोकेर पुगेका छन् । देशैभर हाल सञ्चालन भइरहेको खोप अभियानलाई सफल बनाउन सुर्य्बिनायक नगरपालिकाले स्वास्थ्य सेविका खटाएको हो ।
सरकारले यही चैत ३ गतेदेखि ११ गतेसम्म सञ्चालन गर्न लागेको दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन सूर्य्विनायक नगरपालिकाको स्वास्थ्य शाखाले नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप केन्द्रमा ल्याउन घरघरमा निमन्त्रण पत्र पठाएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले नगरपालिकाभित्रका आठ हजार ६५२ बालबालिका लक्षित गरी महिला स्वास्थ्य स्वायंसेविका तथा स्वायंसेवकमार्फत घरघरमा नौ महिनादेखि पाँच वर्षका बालबालिकालाई नजिकको खोप केन्द्रमा खोप लगाउन निमन्त्रणा पत्र वितरण गरिएको बताएको छ ।
पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईंले बताए ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भईसकेको भक्तपुरमा आ।व। २०७५र०७६ मा भएको जिल्लाको तथ्यांक अनुसार ८८ प्रतिशत बालवालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताए ।
सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन र सबैलाई पुर्ण खोपको सुनिश्चित गराउन स्वास्थ्य स्वयं सेविकालाई सकृय बनाएर यो अभियानलाई सफल पार्ने सूर्य्विनायक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
ं
प्रतिकृया दिनुहोस्