कोरोनाको पूर्व तयारी: ‘ठूलो समस्या आए स्वास्थ्य सामग्री छैन’
२ चैंत, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणको तयारीका लागि सरकारले सातै प्रदेशका मुख्यमन्त्रीसहित विज्ञसँग छलफल गरिरहेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ६ प्रदेशका मुख्यमन्त्री र प्रदेशका सामाजिक विकासमन्त्रीहरुबीच प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा उनीहरुले स्वास्थ्य सामग्री भएपनि ठूलो समस्या आउँदा भने सामग्री अभाव हुने बताएका छन्।
सरकारले कोरोना भाइरस नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र नियन्त्रणको पूर्व तयारीका लागि सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरुलाई काठमाडौँ बोलाएको हो।
अहिले सरकार, प्रदेशका मुख्यमन्त्री र विज्ञ टोलीकाबीच सिंहदरवारमा छलफल चलिरहेको छ
प्रतिकृया दिनुहोस्