February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

छरियो प्रधानमन्त्री कार्यलयमा ‘स्प्रे’

छरियो  प्रधानमन्त्री कार्यलयमा ‘स्प्रे’

चैत २ काठमाडौं ।

Advertisement

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार वरपर ’स्प्रे’ छरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ’स्प्रे’ छरेको हो ।

Advertisement

प्रधानमन्त्री ओलीमा भर्खरै मिर्गाैला प्रत्यारोपण गरिएकोले प्रधानमन्त्रीको स्वास्थ्यमा कोरोना भाइरसलगायत अरु रोगको सङ्क्रमण हुन नदिन ’स्प्रे’ छरिएको बताइएको छ ।

दक्षिण एसियाली (सार्क) देशका प्रमुखहरुको भिडिओ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा सहभागी हुँदैछन् । विश्‍वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरसको संक्रमणसँग जुध्न साझा रणनीति बनाउन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रले आज भिडिओ वार्ता गर्दैछन्।

१८‌‍औं शिखर सम्मेलनपश्‍चात गतिविधि शून्यजस्तै भएको बेला आज हुने भिडिओ वार्ताले सार्क ब्युँताउन सहयोग पुग्‍ने अपेक्षा गरिएको छ।

यस अघि मोदीले शुक्रबार सार्क देशका प्रमुखलाई एक ठाउमा आएर कोरोनाविरुद्ध लड्न अपिल गरेका थिए ।

लामो समयदेखि सुस्त रहेको सार्क अब अहिले कोरोनाको संक्रमण बढ्दै जाने संकेत देखिएपछि भारतले यसलाई ब्युझाउने प्रयास गरेको छ ।

मोदीले प्रस्ताव गरेलगत्तै नेपालसहित अन्य सबै देशले सो प्रस्तावको स्वागत गर्दै कोरोनाविरुद्ध लड्न एक हुने मत व्यक्त गरेका थिए ।