दाँतको उपचार गर्न आएकी महिलाको मृत्यु भएपछि युनिभर्सल मेडिकल कलेज तनावग्रस्त, डाक्टरमाथि हातपात
३ चैत, काठमाडौं ।
भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा तनावग्रस्त बनेको छ ।दाँतको उपचारमा आएकी एक महिलाको मृत्यु भएपछि मेडिकल कलेज तनावग्रस्त बनेको हो । अस्पतालले लापरबाही गरेकै कारण मृत्यु भएको भन्दै उनका आफन्तजनले चिकित्सकमाथि हातपात गरेका छन् ।
मृतक यमकुमारी बुढामगर नवलपरासी बर्दघाट नगरपालिका–२ बाट दाँतको उपचारका लागि आएकी थिइन् । उपचारको क्रममा सोमबार बिहान ८ : १० बजे मृत्यु भएपछि चिकित्सकले चरम लापरवाही गरेको भन्दै आक्रोशित मृतकका आफन्तले चिकीत्सकमाथि नै आक्रमण गरेका छन् भने, २० जनाभन्दा बढी घाइते भएको अस्पतालले जनाएको छ ।
टाउकोमा रगत जमेका कारण आइसियु कक्षमा राखेर बुढामगरको उपचार भइरहेको थियो । आइसियुमै उनको निधन भएपछि सोही कक्षमा रहेका डाक्टरमाथि आफन्तले कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते डाक्टरको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
अहिले सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान जारी राखेको छ ।
प्रतिकृया दिनुहोस्