कोरोनाको शंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना, एक आइसियूमा
- वाणिज्य न्युज
- ५ चैत्र २०७६
५ चैत, काठमाण्डौ ।
कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।
भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए ।
उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् । एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको राजभण्डारीले बताए । उनीहरूलाई सोमबार भर्ना गरिएको थियो।
उनले सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने जनाए।
प्रतिकृया दिनुहोस्