January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

टेकु अस्पताल भर्ना भएका ३ जनामा कोरोना संक्रमण पाइएन, २ को रिपोर्ट आउन बाँकी

चैत्र ५, काठमाडौँ ।

Advertisement

शंका लागेर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका  तीन जनामा संक्रमण नभएको पाइएको छ । दुई जनाको भने रिपोर्ट आउन बाँकी छ ।

Advertisement

तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए ।

उनीहरु मध्ये चार जनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने एक जनामा निमोनियाँ पनि देखिएकाले आईसीयूमा भर्ना गरिएको थियो ।

तीन जनाको रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ भने अन्य दुई जनाको भने रिपोर्ट आउन बाँकी छ ।