January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कोरोनाविरुद्द लडेर शरीरको प्रतिरक्षात्मक क्षमताले यसरी बचाउँछ हामीलाई

०५ चैत्र, काठमाण्डौ ।

Advertisement

संगीता पौडेल-
कोरोना भाइरसले आज विश्वभरि नै महामरीको रूप लिदैँ गाउँ होस् वा सहर, धनी होस् वा गरिब, टाढा होस् या नजिक सबैलाई त्राहीमाम पारेको छ । विश्वव्यापी फैलिरहेको यसलाई निर्मूल गर्न चीन र अमेरिकाको शक्तिले सकेन, जापान र कोरियाको प्रविधिले सकेन भने हामी त केवल सजग हुनुबाहेक अन्य विकल्प पक्कै पनि छैन । विश्वभर फैलिरहेको यो भाइरसबाट पक्कैपनि नेपाल अछुतो रहनै सक्दैन ।

Advertisement

पिटर डोहर्टी इँस्टिच्यूट फर इन्फेक्सन एण्ड इम्युनिटी, अष्ट्रेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुले कोरोना भाइरसबाट संक्रमित ४० वर्षिया महिलाको रगत जाँच गरेका थिए । जसबाट शरिरको प्रतिरक्षा प्रणालिले जसरी आमरुपमा फ्लुसँग लड्छ, त्यसरी नै प्रतिरक्षा प्रणालिले लड्न सक्छ भन्ने पत्ता लागेको हो ।

कोरोना संक्रमित ति महिला अहिले पूर्णतः स्वस्थ भइसकेकीछिन् । यसले कोरोनाबाट बच्न मुस्किल भएपनि असम्भव भने नभएको पुष्टि गरेको छ ।


भाइरसहरूले प्रतिरक्षात्मक क्षमता कम भएका मानिसलाई छिटो आक्रमण गर्छ । त्यसैले हाम्रो चलनचल्तीमा भन्ने गरिएको छ ।


‘प्रिभेन्सन इज बेटर देन क्युअर’ अथवा रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु जाती । हाम्रो शरीरको प्रतिरक्षात्मक क्षमताले कुनै पनि रोग वा सङ्क्रमणविरुद्ध लड्न सहयोग गर्छ । नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेकाले यसको संक्रमणबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिएसँगै नेपाली समाजमा यसबारे भ्रम र त्रास फैलिएको छ । सम्भावित संक्रमणको डरले आत्तिनुभन्दा सजगता अपनाउनु बुद्धिमानी हुन्छ । 


कोभिड १९ को सङ्क्रमण भएमा हुन नदिन हामी आज केही उपाय बताउदैछौ जसले तपाईं हाम्रो शरीरको प्रतिरक्षात्मक क्षमता बढाउन सक्छ ।


नियमित व्यायाम गर्नुहोस्


नियमित व्यायामले मुटुको स्वास्थ्य राम्रो गर्छ, रक्तचाप घटाउँछ, शरीरको वजन नियन्त्रण गर्छ र रोगविरुद्ध प्रतिरोध पनि गर्छ । व्यायामले रक्तसञ्चार पनि राम्रो गर्छ र यस कारण प्रतिरक्षात्मक प्रणालीका कोषाणु शरीरभर फैलिएर आफ्नो कार्य राम्रोसँग गर्न सक्छ ।


पौष्टिक खाना खानुहोस्

प्रतिरक्षात्मक प्रणाली शरीरको प्राकृतिक रक्षा प्रणाली हो र, यसलाई पोषण चाहिन्छ ।
जिङ्क, सेलेनियम, आइरन, कपर, फोलिक एसिड, भिटामिन ए, बी ६, सी र ईजस्ता सूक्ष्म पौष्टिक तत्त्व कमी हुँदा शरीरको प्रतिरक्षात्मक क्षमता पनि घट्छ । त्यसैले पौष्टिक खानेकुरा खाऔँ ।


धूमपान नगर्नुहोस्


धूमपानले शरीरको प्रतिरक्षात्मक क्षमतालाई असर गर्छ । धेरैजसो धूमपान गर्नेहरू निमोनिया र इन्फ्युएन्जाजस्ता रोगबाट सङ्क्रमित हुन सक्छन् । यससँगै लामो समयसम्म बिरामी पर्ने र गम्भीर किसिमको रोग लाग्ने सम्भावना धूमपान गर्नेहरूलाई धेरै हुन्छ ।

धूमपानले शरीरको रक्षात्मक एन्टिअक्सिडेन्टको मात्रालाई कम गर्छ र यसैले गर्दा धूमपान गर्नेहरूको प्रतिरक्षात्मक क्षमता घट्न सक्छ ।


राम्रोसँग सुत्नुहोस्

जो राम्रोसँग सुत्दैनन् उनीहरूमा भाइरस सङ्क्रमण भएमा चाँडो बिरामी पर्नसक्ने विभिन्न अध्ययनहरूले देखाएको छ ।

जब हामी सुत्छौँ, तब हाम्रो शरीरले साइटोकिन्स नामक प्रोटिन उत्पादन गर्छ । राम्रोसँग नसुते यसको उत्पादन घट्छ । तपाईँ राम्रोसँग सुत्नु भएन भने एन्टिबडी र प्रतिरक्षात्मक कोशाणुको उत्पादन पनि घट्छ ।