पाकिस्तानमा कोरोनाले दुईको मृत्यु
चैत ०६, काठमाडौं ।
पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । पछिल्लो समय पाकिस्तानमा कोरोना भाइरसबाट फैलिएको संक्रमण कोभिड–१९ का कारण दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । दुबईबाट भर्खरै फर्किएका एक जना सहित दुई जनाको मृत्यु भएको हो । खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षका एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षका अर्का व्यक्ति गरी दुईको मृत्यु भएको हो ।
पाकिस्तानको राजधानी इस्लामाबाद, पंजाब, सिन्ध, खैबर पख्तूनख्वा र पाकिस्तान प्रशासित कश्मीरमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ । यस्तै, पाकिस्तान प्रशासित कश्मीरमा एक व्यक्तिसमेत संक्रमित भएको पुष्टि भएको छ । यसैगरी पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कोरोना भाइरसका ३ सय जना संक्रमित उपचार गराइरहेका छन् जसमध्ये २ जनाको मृत्यु भइसकेको छ भने २ जना ठिक भएर घर फर्किएका विविसीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्