January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने जडिबुटी

यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने जडिबुटी

६ चैत्र, काठमाडौँ ।

Advertisement

तपाई हाम्रै वरिपरि पाइने जडिबुटिले विभिन्न दुर्घटनामा सहयोग गर्छ । कतिपय अवस्थामा तत्कालै चिकित्सक कहाँ जान असम्भव पनि हुन सक्छ । त्यस्तो अवस्थामा हाम्रा ेवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ ।

Advertisement

एलोभेरा (घिउकुमारी)

शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ। पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ। गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन्।

अदुवा

दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ। यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ। हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ। त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ।

बेसार

बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो। त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ। सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ। चिसो लागेको छ ? सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस्। एक रातमै तपाईको चिसो भाग्छ।

प्याज

जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ। नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ। नियमति प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ। प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ। त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ।

तुलसी

तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ। यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन्। तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैंन र यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ। यस्तै यसको सेवन गरेपछि श्वास गन्हाउदैन।

तुलसीको पहेंलो पातमा हरियो रंगको एक तैलीय पदार्थ पाइन्छ, यो पदार्थ हावामा मिसियो भने कैयौं किटाणु मर्छन्। पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको समस्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ।

तुलसीको प्रयोगले स्मरणशक्ति बढाउँछ भने यसमा पाइने विशेषप्रकारको एसिडले दुर्गन्ध भगाउँछ। तुलसीको प्रयोगले शरीरको सेतो दाग पनि हट्छ, किनकी यसले हाम्रो रगतलाई पनि सफा बनाउँछ। तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ।