६ महिना भित्र बिमा कम्पनीले डिजिटल ढाँचामा अभिलेख राख्नु पर्ने
२० फागुन, काठमाडौँ ।
बिमा कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र साइबर सुरक्षा सहितको डिजिटल ढाँचामा अभिलेख राख्नु पर्ने भएको छ । समितिले बिमा ऐन २०४९ को दफा ८ (घ २) को प्रयोग गरी बिमकले अवलम्बन गर्ने सूचना प्रविधि निति तथा उपयोग बाट बिमितको हित रक्षा गर्न ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ जारी गरेको हो ।
तयार पारिएको सुचना प्रणाली परिक्षणको प्रतिवेदन आर्थिक वर्ष सकिएको ६ महिना भित्र समितिमा पेश गर्नुपर्ने छ । समितिले जारी गरेको यो मार्गदर्शनसँगै ढिलो साधारणसभा गर्ने र आफ्नो कारोबारको अभिलेख समय सिमा भित्र तयार नपार्ने बिमा कम्पनीहरु समस्यामा परेका छन् ।
समितिले लागु गरेको सबै व्यवस्था बिमा कम्पनीको व्यवस्थापनमा सहयोग पुग्ने विमा कम्पनीको विश्वास रहेको छ । अब बिमा कम्पनीहरूले फिजिकल डेटा सेन्टर स्थापना गर्नु पर्नेछ ।
क्लाउड डेटा सेन्टरको व्यवस्था गरी बिमकले प्रयोगमा ल्याएको सूचना प्रणाली उच्च अधिकारी, कर्मचारी तथा आवश्यकता अनुसार बिमा मध्यस्थकर्ताले प्रयोगमा ल्याउन सक्ने गरी व्यवस्था गर्नुपर्ने छ ।
यो मार्ग निर्देशन सँगै समितिले बिमकको वेभ साइट सम्बन्धी व्यवस्था, २०६५ खारेज भएको छ ।
हाल नेपालमा १९ वटा जिवन बिमा २० वटा निर्जीवन र एक पुर्नबीमा कम्पनी गरी जम्मा ४० वटा बिमा व्यवसाय गर्ने कम्पनी रहेका छन् ।
प्रतिकृया दिनुहोस्