April 21, 2025, Monday
[nepali_today_date]

विश्वकै अनैठो कम्पनी जहाँ आफ्नो तलब आफै तोक्छन् कर्मचारी

विश्वकै अनैठो कम्पनी जहाँ आफ्नो तलब आफै तोक्छन् कर्मचारी

१३ कार्तिक, काठमाडौं ।
तपाई कुनै सस्थामा जागिर खान जानु भएको छ ? यदी छ भने तपाईलाई राम्रो सँग थाहा छ, तपाईलाई कम्पनीको नियम अनुसार नै तलब पाउँनु हुन्छ, अर्थात् जुन कम्पनीमा जागिर खान जाँदा पनि कम्पनीको नियम अनुसार नै तलब तोक्ने गरेको छ ।
यद्यपी केही स्थानमा कर्मचारीहरुलाई तलवको माग गर्न अनुमती भने दिईएको हुन्छ । तर कामदार वा कर्मचारीलाई आफ्नो तलव आफै तोक्न भने दिईदैन । तर दुनियामा यस्तो एउटा कम्पनी छ जहाँ कर्मचारी आफैले आफ्नो तलव भत्ता तोक्छन् । बेलायतको राजधानी लण्डनमा एक कम्पनी छ । जहाँ कर्मचारीले आफ्नो तलब आफै तोक्ने मात्र नभई आफूलाई मन लाग्दा आफ्नो तलब आफैं बढाउन पनि पाउँछन् । ग्रान्ट ट्री लिमिटेड कम्पनीले विभिन्न व्यावसायिक फर्महरुलाई सरकारी कोष दिलाउनका लागि यो कम्पनीले सहयोग गर्दछ । उक्त कम्पनीमा काम गर्ने एक महिला कर्मचारीले हालै आफ्नो तलब आफैं बढाएकी छिन् ।
पहिले उनको तलब वार्षिक ४३ लाख रुपैयाँ बराबर थियो भने अहिले झण्डै ५३ लाख रुपैयाँ भएको छ । २५ वर्षकी सिसिलिया मन्डुकाले आफ्नो तलब आफैं बढाएकी हुन् । उक्त कम्पनीका अन्य कर्मचारी पनि आफ्नो तलब आफै बढाउने गरेका छन् । ४५ कर्मचारी काम रहेको सो कम्पनीमा सबैलाई आफ्नो तलब तोक्न तथा घटबढ गराउने अधिकार रहेको बीबीसीले आफ्नो संस्करणमा उल्लेख गरेको छ

Advertisement