April 30, 2025, Wednesday
[nepali_today_date]

विवाहको कुरो छिन्दा अब नागरिकता अनिवार्य

विवाहको कुरो छिन्दा अब नागरिकता अनिवार्य

२५ कात्तिक २०७६, काठमाण्डौ । वालविबाहले नेपाली समाजलाई नराम्ररी गाँजेको छ । तराई क्षेत्र होस् या त दुर्गम मानिने सुदुर पश्चिम जहाँ त्यही वालविबाह हुने गरेको पाइन्छ । यसैबाट मुक्त हुन नयाँ विकल्प समेत खोजिहुन थालेको छ । जाजरकोटमा पनि वालविबाह अत्याधिक हुन थालेपछि यस्तै विकल्प स्वरुप केटाकेटीको जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न त्यहाँका पण्डित सहमत भएका छन् ।
जिल्लामा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको जाजरकोट जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या घट्नुको सट्टा दिनदिनै बढ्न थालेकाले सवैतिरबाट व्यापक गुनासो आएको थियो । त्यहीँ कुरालाई मथ्यनजर गर्दै प्रहरीसँगको सहकार्यमा पण्डितहरूले उमेर नपुगेका केटाकेटीको विवाह नगराउने प्रतिबद्धता जनाएका हुन् ।
यदी त्यसो नगरे कारवाहीको भागिदार बन्नुपर्नेछ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेद लगायत घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो सहमती गराएको हो ।
उमेर नपुगेकाको विवाह गराउने पुरोहित, लमी र अभिभावकलाई तीन वर्षसम्म कैद र रु ३३ हजार जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

Advertisement