April 21, 2025, Monday
[nepali_today_date]

एउटै बोकालाई तीन लाख

७ कार्तिक २०७६, काठमाण्डौ । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ पर्छ भन्दा पत्याउन गाह्रै पर्छ । तर यो खबर हाम्रै देश नेपालको हो । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमाa उन्नत जातको बाख्रापालन गर्दै आएका आनन्द रिजालले एउटै बोकालाई दुई लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । उक्त बिक्री गरीएको बोकाको जात बोयर रहेको छ । निज रिजालले सञ्चालन गर्दै आइरहेको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको बोका दुईलाख ९० हजार खर्चिएर खरीद गरेका हुन् । रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन् । स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अष्ट्रेलियाबाट उन्नत जातको बाख्रा आयात गरेका थिए । त्यसरी नश्ल सुधार गरिएका बोयर बाख्राका एउटै पाठापाठीलाई एक लाख रुपैयाँदेखि दुई लाख रुपैयाँ सम्म पर्छ ।

Advertisement