January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा !

हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा !

११ मंसिर, २०७६, काठमाण्डौ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् ।
उनीहरुले शान्तिको कामना गर्दै मङ्गलबार अग्निसाइर मन्दिरमा हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजापाठ गरेका हुन् ।
जङ्गली जनावरबाट असुरक्षित भएको बारे स्थानीय सरकार, वन कार्यालय, कोशी टप्पु आरक्ष, जिल्ला प्रशासनलगायलाई जानकारी गराउँदा सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । ।

गाउँमा दैवी प्रकोप र बिपत्ति आएमा अग्निसाइर मन्दिरको पूजा गरे शान्ति हुने धार्मिक विश्वास छ । स्थानीयवासीले चन्दा सङ्कलन गरेर सामूहिक पूजा गरेका हुन् ।

Advertisement