गुन्द्रुकको नाम कसरी गुन्द्रुक रहन गयो? एक रोचक तथ्य
२५ माघ, काठमाडौं ।
नेपालीलाई लिएर एउटा भनाइ निकै प्रचलित छ । त्यो हो, जहाँ नेपाली पुग्छन् , त्यहाँ गुन्द्रुक पनि पुग्छ । गुन्द्रुक हरेक नेपालीको ‘प्रिय’ तरकारीमा गनिन्छ । भन्नेले त अझ गुन्द््रुकलाई राष्ट्रिय तरकारी भन्न पनी पछी पर्दैनन् । आज हामी अन्तर्रा्ष्ट्रियस्तरमै नेपालको मौलिक परिकारको पहिचान बनाएको एउटा ‘तरकारी’ गुन्द्रुकको बारेमा रोचक कुरा थाहा दिदैछौ ।
इतिहासकारहरु गुन्द्रुकको ‘उत्पत्ति’लाई नेपाल एकीकरणका क्रममा भएका युद्धसँग जोड्दै भन्छन् ।
पृथ्वी नारायण शाहले पहिलोपटक कीर्तिपुर आक्रमण गर्दा कीर्तिपुरेहरुको बारीमा भएको लहलह साग कीर्तिपुरेहरुले अचानक आक्रमणको प्रतिकारमा जानु परेकोले टिप्न नभ्याएका कारण खाद्यान्नसहित सागपात खाल्डोमा पुरेर युद्ध गर्न गएछन् । पछी युद्ध सकेर आउदा अरु खाद्यान्न त खान हुने नै थियो तर साग भने कुहेको अवस्थामा भेटिएकाले साग बारीमा फालेछन् । पछी तरकारीको गर्जो टार्न केहीले बारीबाट त्यही सुकेको साग टिपेर ल्याइ पकाउन थालेछन् । अलिकति अमिलो–अमिलो, तर असाध्यै मिठो स्वादको सुकेको साग (तरकारी)ले पुरै कीर्तिपुरमा चर्चा पायो ।
कालान्तरमा यसको नाम गुन्द्रुक रहन गयो । जुन अहिले आम नेपालीको एक मौलिक परिकार बन्न पुगेको छ ।
प्रतिकृया दिनुहोस्