January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

भ्यालेन्टाइन डे सँग सम्बन्धित रोचक कुराहरु

भ्यालेन्टाइन डे सँग सम्बन्धित रोचक कुराहरु

०२ फागुन, २०७६
प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ विश्वभर नै मनाईरहँदा पछिल्लो समय ‘भ्यालेन्टाइन डे’को प्रभाव नेपालमा पनि पर्दै गएको छ । नेपालमा पनि युवा–युवतीहरु भ्यालेन्टाइन डेलाई विशेष रुपमा मनाउँदै आइरहेका छन् । विश्वभर मनाइने ‘भ्यालेन्टाइन डे‘ सँग सम्बन्धित केही रोचक कुरा यहाँ प्रस्तुत गरिएको छ ।
भ्यालेन्टाइन डे को दिन विश्वमा औषतमा २ लाख २० हजार जना मानिसले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव गर्दछन् । प्रेमको प्रस्ताव गर्नेहरुको संख्याको त गणना नै छैन ।
भ्यालेन्टाइन डे को दिन विश्वमा १ अर्ब कार्ड आदानप्रदान हुन्छन् । क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष पछि सबैभन्दा बढि कार्ड आदानप्रदान हुने दिन यहीँ हो ।
भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरीद बिक्रि हुन्छ । यो दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्रि हुन्छन् ।
भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै १९ करोड बराबरको गुलाबको फूल किनबेच हुन्छ ।
गुलाबको फूललाई इटालीको रोममा प्रेमको देवीको मनपर्ने फूल पनि भनिन्छ ।
भ्यालेन्टाइन डे मा गुलाब खरीद गर्नेमा सयमा ७३ प्रतिशत पुरुष हुन्छन् । त्यस्तै अन्य भ्यालेन्टाइन गिफ्ट खरीद गर्नेमा सयमा ८५ जना महिला हुन्छन् ।

Advertisement