Banijya News

आईसक्रिम व्यवसायलाई अलग व्यवसायको रुपमा स्थापना गर्दै युनिलिभर

1
1.1K Shares

 

बहुराष्ट्रिय कम्पनी युनिलिभरले म्गागनम र बेन एण्ड जेरी ब्राण्डको रुपमा चर्चित आईसक्रिम युनिटलाई अलग व्यवसायको रुपमा स्थापना गर्न लागेको छ ।

लगानीकर्ताले कम्पनीको यो कदमको स्वागत गरेका छन् । कम्पनीको यो घोषणासँगै कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतसम्मको उछाल आएको एजेन्सीले बताए ।

आईसक्रिम व्यवसायलाई अलग गर्ने कार्य सन् २०२५ को अन्त्यसम्म सकिने अनुमान गरिएको छ । आईसक्रिम व्यवसायलाई अम्सटेरड्याममा रहेने भिन्न केन्द्रीय कार्यालयमा सार्ने योजना बनिरहेको सीईओ हिअन स्कुमाचरले बताए ।

व्यवसाय अलग भएपछि युनिलिभरले मध्यम एकल अंकको बिक्री वृद्धि र मध्यम मार्जिन सुधारको अपेक्षा राखेको जनाएको छ । युनिलिभरको विश्वभरको कुल बिक्रीमा आईसक्रिम व्यवसायको हिस्सा १६ प्रतिशत रहेको छ । केहि देशहरुमा त यस्तो हिस्सा ४० प्रतिशतसम्म रहेको छ ।

 

1

Scroll to Top