May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

रहेनन् साहित्यकार तुलसी प्रसाद न्यौपाने

रहेनन् साहित्यकार तुलसी प्रसाद न्यौपाने

०१ बैशाख, ललितपुर –

पूर्व प्रशासक एवम् साहित्यकार तुलसी प्रसाद न्यौपानेको गए राती १ः०० बजे आफ्नै निवासमा निधन भएको छ । ७२ बर्षको उमेरमा निधन भएका न्यौपाने मुटुसम्बन्धी रोगबाट ग्रसित थिए ।
गोरखा जिल्लाको पालुङटारमा जम्किएका न्यौपाने तीन दशक भन्दा लामो समय निजामती सेवा कार्यरत थिए । अधिकांश समय योजना आयोग र अर्थ मन्त्रालयमा रहेर काम गरेका थिए ।
एसियाली विकास बैंकको मुख्यालयमा नेपाल सरकारको प्रतिनिधीका रुपमा रहेर समेत कार्य गरेका थिए । न्यौपानेको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
महादेशिय यात्रा जस्ता यात्र संसकरण लेखेका उनले बिर्सिएका कविताहरु, नलेखिएका कथा लगायत एक दर्जन भन्दा बढि साहित्यिक कृतिहरु रचना नेपाली पाठकलाई पस्केर गएका छन् । उनको लेखन कला, शिल्प र शैलीका कारण उनका हरेक सिर्जनाहरु पठनिय रहने गरेका छन् ।
उनी गोर्खा सर्जक समाजको अध्यक्ष समेत हुन । साथै, उनले रोटरी इन्टरनेशनल र लायन्स क्लबमा आवद्ध रहदै महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।
स्वर्गिय न्यौपानेका एक छोरा, एक छोरी, बुहारी र तीन नाती नातिना छन् ।

Advertisement