April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

महाकवि देवकोटाकाे ११२ औँ जन्मजयन्ती, कोरोना कारण औपचारिक कार्यक्रमविना नै जयन्ती मनाइँदै

महाकवि देवकोटाकाे ११२ औँ जन्मजयन्ती, कोरोना कारण  औपचारिक कार्यक्रमविना नै जयन्ती मनाइँदै

काठमाडौं ः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९६६ कात्तिक कृष्ण औंसी, लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका महाकवि देवकोटा ११२ औं जन्मजयन्ती आज विभिन्न साहित्यक कार्यक्रमको आयोजना गरि मनाइने भएको हो । स्वदेश र विदेशमा रहेका नेपालीभाषीहरूले देवकोटाको स्मरणमा विभिन्न कार्यक्रम गरी जयन्ती मनाउने गर्छन् ।

Advertisement

दश वर्षको उमेरबाटै साहित्य रचना सुरु गरेका महाकवि देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समा’लोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्र’गतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

Advertisement


यसपाली भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रमविना नै देवकोटाको जयन्ती मनाइन लागेको हो । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

नेपाली नाट्यसम्राट बालकृष्ण समले मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै देवकोटाको तीनपटक जन्म भएको अभिव्यक्ति दिएका थिए । नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ । तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता थियो । उनको खण्डकाव्य ‘मुनामदन’ नेपालमा धेरै बिक्री भएको साहित्यिक कृति मानिन्छ ।


देवकोटाको निधन चाहिँ वि. सं. २०१६ भाद्र २९ काठमाडौँमै भएको हो । उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध हुनुका साथै देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचार–प्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ ।