March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

वरिष्ठ साहित्यकार सुवेदीको निधन

वरिष्ठ साहित्यकार सुवेदीको निधन


काठमाडौं ः वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि उनको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।


विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् ।
सुवेदीका विरुपाक्ष, विरोचक, रासु उपनामबाट समेत लेख, रचनाहरू प्रकाशित छन् ।

त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए । सुवेदीका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

Advertisement