May 15, 2025, Thursday
२०८२ जेष्ठ २

पर्यटन पत्रकारिता पुरस्कारबाट ३ पत्रकार सम्मानित

पर्यटन पत्रकारिता पुरस्कारबाट ३ पत्रकार सम्मानित

फागुन १९, काठमाडौं ।
सुनसरीमा पर्यटन पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । सेक्ष ट्राभलिङले ६ वर्ष अघिदेखि शुरु गरेको उक्त कार्यक्रमको पुरस्कार आर्थिक अभियानकर्मी दिनेश गजमेर सहित ३ जनालाई प्रदान गरेको हो ।
शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा तिन वर्षदेखि रोकिएको सम्मान तथा पुरस्कार यस वर्ष प्रदान गरिएको हो । जसमा प्रधनमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा सहित प्रदेश १ का मुख्य मन्त्रि शेरधन राई को उपस्थिति रहेको थियो ।
विसं २०७४ को पर्यटन पत्रकारिता सम्मान तथा पुरस्कार दिनेश गजमेरलाई , विसं २०७५ को पुरस्कार पाँचथरका गिरीराज सापकोटा र विसं २०७६ को पुरस्कार इटहरीका बिराट अनुपम गरि ३ पत्रकारलाई एकै पटक प्रदान गरिएको हो ।
तिनै जनालाई रू.१० हजार नगदसहित सम्मान तथा पुरस्कृत गरिएको हो । सम्मानित हुने पत्रकारहरुलाई त्यहाँ उपस्थित प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Advertisement