Banijya News

भक्तपुरको खाजा पसलमा सिलिण्डर विस्फोट हुँदा ६ जना घाइते

1
1.1K Shares

काठमाण्डौँ, चैत्र ९

भक्तपुरको खाजा पसलमा ग्यास सिलिण्डर विस्फोट भएको छ । सिलिण्डर विस्फोटमा परी ६ जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सिलिण्डर विस्फोट भएको हो । प्रहरीका अनुसार खाजा पसलका सञ्चालक, कर्मचारी र खाजा खान आएका ग्राहक घाइते भएका छन् ।

घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडौँ कोटेश्वरका ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको पठाइएको छ । त्यसैगरी खाजा खान आएका झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका छन् ।

उनीहरुलाई पनि मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमै पठाइएको प्रहरीले जनाएको छ ।

1

Scroll to Top