राष्ट्रपति भण्डारी शीतल निवासबाट त्रिभुवन विमानस्थलसम्म हेलिकोप्टरमा ः म्यानमार प्रस्थान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चारदिने भ्रमणका लागी पहिलोपटक शीतल निवासदेखि एयरपोर्ट हेलिकप्टरमा पगेकी छिन । राष्ट्रपति भण्डारीको उक्त भ्रमण म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको र सोही भ्रमणमा जाने क्रममा बुधबार बिहान शीतल निवासबाट एयरपोर्ट उनी हेलिकप्टरमा पुगेकी हुन् ।
पछील्लो समय सडक दुबैतर्फी बन्द गरेको भन्दै आलोचना समेत हुने गरेको थियो। जसलाई मध्यनजर गर्दै र ट्राफिक व्यवस्थालाई ध्यानमा दिँदै स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको हो ।
म्यान्मारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मुलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । म्यानमारको राजकिय भ्रमणपछी भण्डारी कार्तिक २ गते जापान जाने र त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहणमा उपस्थित हुदैँ भण्डारी ६ गते स्वदेश फ्mर्कने तालीका छ ।
प्रतिकृया दिनुहोस्