Banijya News

दरमखोला हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

1
1.1K Shares

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि साउन १५ देखि २९ लाख १९ हजार ५ सय कित्ता आइपिओ जारी गरेको थियो । कम्पनीले गत जेठ २० गते प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअघि नै कम्पनीले कुल जारी पुँजीको १०/१० प्रतिशत सेयर आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आइपिओमा न्यूनतम् १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

1

Scroll to Top