April 18, 2025, Friday
[nepali_today_date]

दक्षिण एशियामा कोरोनाको असर न्यून

दक्षिण एशियामा कोरोनाको असर न्यून

चैत १०, काठमाडौं ।
विश्वब्यापी फैलिएको कारोनाको प्रभाव दक्षिण एशियामा अन्य देशको तुलनामा न्यून देखिएको छ । हालसम्म दक्षिण इशियामा १५ जनाको ज्यान गएको छ । १३३७ जनामा संक्रमण भेटिएको छ । विश्वमा महामारीको रूप लिइरहेको कोरोना संक्रमणबारे ताजा तथ्याङ्क अनुसार भारतमा सबैभन्दा बढी सात जनाको मृत्यु भएको छ । भाइरस फैलिएपछि अहिलेसम्म भारतभर ३९६ जना संक्रमितको पहिचान भएको देखिन्छ । यस मध्ये संक्रमितको संख्या पाकिस्तानमा सबैभन्दा बढी ७७६ रहेको त्यहाँको सरकारले जनाएको छ । पाकिस्तानमा कोरोना संक्रमणका कारण पाँचजनाले ज्यान गएको छ । वंगलादेशमा कोरोना संक्रमित दुई जनाको ज्यान गएको छ भने २७ जना संक्रमित भेटिएका छन् । अफगानिस्तानमा संक्रमणका कारण एक जनाले ज्यान गुमाएको पुष्ठी भएको छ ।
भने ४० जना संक्रमित भएका छन् ।
नेपाल, श्रीलङ्का, माल्दिभ्स र भुटानमा हालसम्म कोरोना संक्रमणका मानविय क्षती भएको छैन ।
अहिलेसम्म श्रीलङ्कामा ८२, माल्दिभ्समा १३, भुटानमा दुई र नेपालमा एक जना संक्रमित भेटिएका छन । नेपालमा भेटिएका संक्रमित उपचारपछि घर फर्किसकेका छन् । यहाँ नयाँ संक्रमित भेटिएका छैनन्। भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये २४ जनाको उपचार भइसकेको छ । पाकिस्तानमा १३, बंगलादेशमा तीन, अफगानिस्तानमा एक, श्रीलङ्कामा तीन, माल्दिभ्समा तीन जनाको उपचार भइसकेको छ ।

Advertisement