बिल भुक्तानीमा विलम्ब भएका जलविद्युत आयोजनालाई हर्जना नतिराउँने
चैत १३, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले कोरोना भाइरसको महामारीका कारण समयमै बिल भुक्तानी गर्न नसक्ने निजी क्षेत्रका जलविद्युत आयोजनालाई हर्जना नतिराउँने भएको छ ।
प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेका सम्पूर्ण प्रर्वद्धक कम्पनीलाई भुक्तानीसँग सम्बन्धित कुनैपनि किसिमको हर्जना वा जरिवाना नरिराउँने भएको हो ।
यस अघिनै निर्माण सम्पन्न भइ सञ्चालनमा आइ सकेका आयोजनाहरुले मिटर रिडिङ, मासिक बिल भुक्तानी लगायतका भुक्तानीसँग सम्बन्धित अन्य कार्यहरु समयमा गर्न नसकेमा काबु बाहिरको परिस्थितका कारण दायित्व पुरा गर्न नसकिएको मानिने र क्षतिपूर्ति वा हर्जना रकम बुझाउनु नपर्ने व्यवस्था गरेको हो ।
विद्युत खरिद बिक्री सम्झौतामा काबु बाहिरको परिस्थिती सिर्जना भएमा कुनै पनि किसिमको हर्जना वा जरिवाना रकम नलाग्ने सम्झौता गरिएको हुन्छ । सोही प्राबधान अनुसार प्रधिकरणले विद्युतको बिलम्ब हर्जना नलिने भएको हो ।
प्रतिकृया दिनुहोस्