May 15, 2025, Thursday
२०८२ जेष्ठ २

नेपाल आउन नदिएपछि भारतबाट आएका नेपाली दशगजा क्षेत्रमा धर्नामा

नेपाल आउन नदिएपछि भारतबाट आएका नेपाली दशगजा क्षेत्रमा धर्नामा


चैत्र १८, भैरहवा
नेपाल प्रवेशको अनुमति नपाएर नेपाल–भारतको सीमा नाका सुुनौलीमा अलपत्रमा परेका सयौं नेपाली गएराति देखि धर्नामा बसेका छन् । घर जान नदिएको भन्दै उनीहरु गएराति देखि धर्नामा बसेका हुन् । आफूहरु अलपत्र परेपछि नेपाल सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार रहेको उनीहरुले बताएका छन् । सीमा नाका आइपुगेका नेपालीले भने भारतमा बस्ने र खाने व्यवस्था नभएपछि आफूहरु बाध्य भएर नेपाल फर्किनु परेको बताएका छन् ।
दुबै देशमा लकडाउनका कारण नेपालतर्फ आउने अनुमति नपाएपछि भारतको विभिन्न स्थानबाट सुनौली नाकासम्म आइपुगेका सयौं नेपाली विगत तीन दिनदेखि अलपत्रमा परे पछि उनीहरु आइपुगेको स्थान सुनौली नाकामा धर्ना बसेका हुन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरुलाई छाड्ने बारेमा कतैबाट पनि निर्देशन नआएकाले नेपाल आउने अनुमति नदिइएको बताउनुभयो ।

Advertisement