ईङल्याण्ड क्रिकेट बोर्ड ईसीबीले ६१ मिलियन पाउण्डको राहात प्याकेज घोषणा
१९ चैत, एजेन्सी ।
कोभिड १९ को संक्रमणसँगै अस्तव्यस्त बनेको घरेलु क्रिकेटलाई उठाउन ईङल्याण्ड क्रिकेट बोर्ड ईसीबीले ६१ मिलियन पाउण्डको राहात प्याकेज घोषणा गरेको छ । घरेलु क्रिकेटले ईतिहासकै सबैभन्दा ठुलो संकट झेलिरहेको भन्दै नियामक निकाय ईसीबीले ठुलो रकमको राहत प्याकेज घोषणा गरेको हो ।
उसले घोषणा गरेको रकममध्ये ४० मिलियन पाउण्ड तत्काल निकासा गर्ने बोर्डले जनाएको छ । बाँकी २१ मिलियन रकम ब्याज मिनाह तथा क्लवको स्तर कायम राख्न खर्च गरिने छ । बोर्डका सिईओ टम ह्यारीसनले संकटको घडीमा क्रिकेटलाई जोगाउन बोर्डले राहतको घोषणा गरेको उल्लेख गर्नुभयो ।
बोर्डले सेन्ट्रल कन्ट्रयाकमा रहेका खेलाडीको तलबमा पनि केही कटौती गर्ने निर्णय गरेको छ । त्यस्तै तत्कालका लागि अस्थायी रुपमा राखिएका कर्मचारीलाई पनि कटौती गर्ने तयारी गरिएको छ । बोर्डले संक्रमणका समय बन्द रंगशालाभित्र अभ्यास र प्रशिक्षणको ब्यबस्था गर्न सकिने बिषयमा सरकारसँग छलफल समेत भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्