May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

स्पेनमा लकडाउन खुकुलोः १४ बर्ष कम उमेरकालाई १ घण्टा घर बाहिर निस्कन दिइने

स्पेनमा लकडाउन खुकुलोः १४ बर्ष कम उमेरकालाई १ घण्टा घर बाहिर निस्कन दिइने

वैशाख १५, एजेन्सीं ।
कोरोन संक्रमणबाट यतिखेर विश्वनै बन्द छ । त्यस्मापनि युरोपका शाक्तिशाली राष्ट्र मानिने अमेरिका, इटाली, स्पेन, जर्मनको अवस्था झन् भयावह छ । यही भयाबहका विचमा सुखद समाचार पनि आएको छ । अमेरिका पछिको पीडित इटली र स्पेनमा भने कोरोना प्रभावितको दर क्रमश घट्दै गएको छ । पछिल्लो समय अवस्था सुधार हुँदै गएपछि लकडाउनलगायतका प्रतिबन्ध खुकुलो पार्न सुरु गरिएको छ ।

Advertisement


स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा १ घण्टाका लागि घरबाट बाहिर जान अनुमति दिएको जनाएको छ । ६ सातापछि सरकारले बाहिर निस्कन पाएका बालबालिकाहरु खुसीले रमाएका थिए । अनुमति दिएपछि आइतबार स्पेनमा कैयौं बालबालिका घरबाट बाहिर निस्किए खुसी मनाएका छन् ।

Advertisement


गत २४ घण्टामा स्पेनमा १ महिनायताकै सबैभन्दा कम मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धित गर्दे मिडियाहरुले जनाएका छन् । स्पेनमा आइतबार कोरोना संक्रमणबाट २ सय ८८ जनाको मृत्यु भएको छ, जुन मार्च २० तारिखयताकै सबैभन्दा कम हो । कोरोनाका कारण शनिबार त्यहाँ ३ सय ७८ जनाले ज्यान घुमाएका छन् ।


कोरोना संक्रमणका कारण हालसम्म स्पेनमा २३ हजार १ सय ९० जनाको मृत्यु भइसकेको छ ।
तर हाल त्यहाँ कोरोना संक्रमणले मानिसको मृत्यु हुने क्रम लगातार कम हुँदै गएको छ । एजेन्सी