प्रहरी तालिम लिन जाँदा प्रहरीबाटै बलात्कृत
असोज २९ नेपालगन्ज । रक्षक नै भक्षक भएपछि कस्को के लाग्छ ? भएको पनि यस्तै छ, जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी न संगठन भित्रै महिलालाई बलात्कार गरेका छन् ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी छन् । प्रहरीमै भर्ना हुदै देश अनी जनताको रक्षा गर्ने भनेर आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन् ।
सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन् । प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन् । सई रानाले आफुलाई विभिन्न दबाव दिएर जबरजस्ती बलात्कार गरेको पीडितको भनाई छ । प्रहरी बन्ने सपना बोकेर तालिम गरिरहेकी युवती प्रहरीबाटै बलात्कृत भएपछि पीडितका आफन्त आक्रोश व्यक्त गरेका छन् । महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरिसकेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्