April 30, 2025, Wednesday
[nepali_today_date]

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको छ । तेज गाम एक्सप्रेसको उक्त रेल कराचीबाट रावलपिण्डीको बीचमा चल्ने गर्छ । रावलपिण्डी तर्फ जाँदै गरेको सयमा उक्त रेलको तीनवटा डिब्बामा आगलागी भएको थियो ।

पाकिस्तानमा बारम्बार घातक रेल दुर्घटना हुने गरेको छ। रेलको क्षमताभन्दा बढी मानिसले यात्रा गर्ने भएकाले त्यहाँ हताहत हुनेकोको सङ्ख्या ठूलो हुन्छ। गत जुलाई महिनामा भएको एउटा दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने सेप्टेम्बरमा चार जनाको मृत्यु भएको थियो। सन् २००७ मा मेहरबपुरमा एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ५६ जनाले ज्यान गुमाएका तथा १२० जनाभन्दा बढी घाइते भएका थिए । सन् २००५ मा सिन्ध प्रान्तमा तीनवटा रेल एकआपसमा जुध्दा १३० जनाभन्दा बढीको ज्यान गएको थियो । कराची हुँदै रावलपिन्डीसम्म जाने तेजगाम एक्स्प्रेस पाकिस्तानको एउटा पुरानो र लोकप्रिय रेलसेवा हो। साढे २५ घण्टाको बाटोमा यात्रा तय गर्ने उक्त रेलसेवा दैनिक सञ्चालन हुन्छ।

Advertisement