सुरुङभित्र फसेका चार मजदुरमध्ये तीनजनाको शव भेटियो
१८ कार्तिक २०७६ बझाङ –
आइतवार देखि बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका चार मजदुरमध्ये तीनजनाको शव प्रहरीले बाहिर निकालेको छ । थप एक जनाको खोजी गरिरहेको छ । प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन् । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले सशस्त्रको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको बताएका छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले सशस्त्रको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको हो ।
प्रतिकृया दिनुहोस्