Banijya News

नेपाल सरकारको मुख्यसचिवमा अर्याल नियुक्त

1
1.1K Shares

नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकास हुने भएका छन्। एकनारायणले करिव १५ महिना मुख्यसचिवको रुपमा काम गरे।

अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन्।

मुख्य सचिवको प्रतिस्पर्धामा अरु सचिवहरु पनि थिए। तर उनीहरुभन्दा अर्याल ५ महिना महिना सिनियर हुन्। अर्याल २०७७ माघ १९ गते सभिवमा बढुवा भएका थिए। सचिवको पदावधि सकिनु साढे २ महिना पहिले मुख्यसचिव बनेका हुन्।

1

Scroll to Top