विमानस्थलबाटै पक्राउ परे ब्राजिलियन नागरिक
- वाणिज्य न्युज
- २५ कार्तिक २०७६
२५ कात्तिक २०७६, काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट दुई किलो १ सय ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिक पक्राउ परेका छन ्। पक्राउ पर्नेमा ६१ वर्षीय सर्जियो ट्रु रहेका छन् । ब्युरोको विशेष सूचनापछि सर्जियोको निगरानी भइरहेको थियो ।
सर्जियो कतार एयरको उडानबाट नेपाल आएको खुलेको छ । विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनले बोकेको झोलामा कोकिन फेला परेको हो । उनको विषयमा थप अनुसन्धान गर्न उनलाई ूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।
ब्युरोका अनुसार बरामद कोकिनको अन्तराष्ट्रिय बजार मूल्य ६ करोड रूपैयाँ बराबर हुन्छ ।
प्रतिकृया दिनुहोस्