साताको दोस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा आउँदा बजार २४.५७ अंकले बढेको हो । यसदिन बजार २६५१.६८ विन्दुमा कायम भएको छ ।
बजार बढ्दा २१० कम्पनीको सेयर मूल्य बढेको छ । ५७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो । कारोबारतर्फ चार अर्ब ४० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९५ लाख १९ हजार कित्ता सेयर ७२ हजार २२ पटकमा किनबेच भएको छ ।
कंलगा हाइड्रो, आरबीबी फोकस फन्ड, सनिगाड हाइड्रो, उपकार लघुवित्त, मन्दाकिनी हाइड्रो लगायतका कम्पनी उच्च कमाउनेमा परे ।
समूहगत सूचकतर्फ १३ वटै समूह बढेका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।


